नियम
बहाल असुल गर्ने र कबुलियत गराउने

 

(१) नियम ३ बमोजिम इजाजतपत्र प्राप्त व्यक्तिले रंगशालामा इजाजतपत्र बमोजिम प्रदर्शन गरे गराए वापत प्रतिदिन ने.रु. ५०।– का दरले निजबाट बहाल लिइने छ । सो बहालको रकमको पचास प्रतिशत इजाजतपत्र प्राप्त गर्नु अगावै र बा“की सबै प्रदर्शनको अवधि समाप्त भएको ७ दिन भित्र इजाजतपत्र प्राप्त व्यक्तिले तोकिएको अधिकारी छेउ बुझाउनु पर्छ । बुझाउनु पर्ने बाकी बहालको रकम सो म्यादभित्र नबुझाए अर्को एक हप्ता पछिसम्म सयकडा दुईका दरले शुल्क लिई बुझिलिइने छ । सो पछि पनि नबुझाएमा तोकिएको अधिकारीको सूचना बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रचलित नेपाल कानून अनुसार सरकारी बाँकी सरहको कारबाई गरी बाकी बहालको रकम र शुल्कसमेत असुल उपर गरी लिनेछ । तर–

(क) राष्ट्रिय स्वास्थ्य समृद्धि वा साँस्कृतिक उत्थानको उद्देश्यले टिकट नलगाई सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त
कोषमा आम्दानी जम्मा गर्नलाई गरिने प्रदर्शनको हकमा रंगशाला बहाल लाग्ने छैन ।

(ख) राष्ट्रिय स्वास्थ्य समृद्धि वा साँस्कृतिक उत्थानको उद्देश्यले टिकट लगाई गरिने प्रदर्शनको हकमा दैनिक ने.रु. २५।– का दरले
र·शाला बहाल लाग्नेछ ।

(२) यी नियमहरूमा लेखिएका शर्तहरूमा इजाजतपत्र बमोजिम प्रदर्शनको काम गर्न वा गराउनमा मेरो वा हाम्रो मञ्जूरी छ सो बमोजिम नगरेमा यी नियमहरू र प्रचलित नेपाल कानून बमोजिम जो बुझाउनु पर्ने बुझाउँला सहुँला भन्ने व्यहोराको अगावै कबुलियत नगराई कुनै व्यक्तिलाई इजाजतपत्र दिइने छैन ।